सत्ता गठबन्धनको बैठक सिंहदरबारमा



सत्ता गठबन्धनको बैठक सिंहदरबारमा बस्ने भएको छ । ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका हुन् ।

प्रमुख प्रतिपक्ष एमालले संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ । आजै संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकले यथास्थितीमा सदन चल्न नदिने निर्णय गरेको थियो ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष रूपमा भूमिका नखेलेको पनि आरोप लगाउँदै आएको छ ।

‘जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ । सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन,’ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भने ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : २४ बजे