सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
प्रतिनिधिसभाको बैठक स्थगित गरेर सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
उनीहरुबीच प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियम ‘ख’ र ‘ग’ को बारेमा पनि छलफल भएको थियो ।
एमालेका सांसदहरुले नाराबाजी गर्ने क्रममा सभामुखको आलोचना गर्दा असंसदीय भाषा बोलेपछि उक्त नियम आकर्षित भएको सभामुख सापकोटाले बैठकमै सचेत गराएका थिए ।
यस्तै सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुख सचेतक र सचेतकहरुसँग पनि सभामुखले छुट्टै छलफल गरिरहेका छन् । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।