बुधबार बसेको संसद बैठकमा एमालेले सांसदले वेलमा नाराबाजी गरिरहँदा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने चुपचाप कुर्सीमा बसेका छन् ।
सभामुखले माधव नेपालसहित १४ सांसदलाई पार्टीले गरेको कारवाही सदर नगरेको विरोधमा एमालेका सांसदले वेल घेरेर नाराबाजी गरिरहदा अध्यक्ष ओली भने बैठकमा शुरूको केही समय उठेका ओली त्यसपछि आफ्नो कुर्सीमा बसेका थिए । सामान्यतया ओली आफ्नो स्वास्थ्यप्रति निकै सचेत रहने गर्छन् ।
एमाले विभाजनअघि पार्टीले माधव नेपालसहितका १४ सांसदलाई कारवाही गरेको पत्र संसद् सचिवालयमा पठाएको थियो ।
यस्तै प्रतिनिधिसभाको बैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिएका छन् ।
नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् ।
उनले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताए ।








