मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलियो काँग्रेस र सक्षम नेतृत्व भए मात्र बिपीको सपना पूरा गर्न सकिन्छ : प्रकाशमान सिंह



नेपाली काँग्रेसका नेता एवम पूर्व महामन्त्री प्रकाशमान सिंहले बिपी कोइरालाले देखेका सपना पुरा गर्न आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा अपिल गरेका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा सिंहले बलियो काँग्रेस र सक्षम नेतृत्व भएमात्र बिपी कोइरालाले देखेका सपना पूरा गर्न सकिने बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देश र जनताका लागि पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दछु ।’

साथै सिंहले अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

‘हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छौ । वडा अधिवेशन प्रारम्भ भइसकेको छ भने केही स्थानमा अझै बाँकी छ । तत्काल बाँकी रहेका स्थानमा पनि अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नु छ,’ उनको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ९ : ४९ बजे