मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा छलफलमा देउवा-पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बालुवाटार पुगेका छन् । बिहीबार बिहान पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाट पुगेका हुन् ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच बालुवाटारमा पार्टी महाधिवेशन तयारीलगायत विषयमा कुराकानी भएको छ।

कांग्रेसले भदौ १८ मा छ हजार सात सय ४३ वडामा अधिवेशन गर्ने भने पनि जम्मा ५६ जिल्लामा मात्रै अधिवेशन भएका छन् भने २१ जिल्लाभित्रका वडाहरूमा अधिवेशन बाँकी नै छ।

क्रियाशील सदस्यबारे देखिएको विवाद छलफल गरी निचोड निकाल्न सभापति र वरिष्ठ नेता कुराकानी गरेका हुन्। महाधिवेशन तयारीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बूढानिलकण्ठमा शीर्ष नेताहरूको बैठक बस्ने तय भएको छ ।

कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने भनेको छ। भदौ २७ मा गाउँपालिका र नगरपालिका अधिवेशन गर्ने भने पनि वडा अधिवेशन नै सकिएको छैन। अब गाउँरनगर अधिवेशन सर्ने सम्भावना छ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १० : ३२ बजे