मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस महामन्त्री बन्न यी नेताको दौड



नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा लोकप्रीय नेताहरुले दाबी गरिरहेका छन् । कतिपयले महामन्त्रीको उम्मेदवार बन्ने घोषणा समेत गरेका छन् ।

काँग्रेस महामन्त्रीमा पूर्वमन्त्री गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्मा र नेविसंघका पुर्वअध्यक्ष प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महामन्त्रीको दाबी गर्नेमा काँग्रेसको दोस्रो पुस्ताका नेता वर्तमान सहमहामन्त्री डा. प्रकाशशरण महत पनि छन् । कांग्रेसमा विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल तेस्रो पुस्ताका नेताका रुपमा हेरिन्छ ।

उनीहरुमध्ये शर्मा र थापा लोकप्रीय मानिन्छन् भने प्रदीप पौडेलको संगठनमा बलियो पकड मानिन्छ छ ।

थापा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा खुलेका छन् । शर्मा सभापति शेरबहादुर देउवाको पक्षमा छन् । पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् ।

काँग्रेसमा महामन्त्रीमा पछिल्लो पुस्ताका हस्तीहरुको दाबीलाई अर्थपूर्ण मानिएको छ । विगतमा महामन्त्रीमा पुरानै पुस्ताको दाबी हुनेगरेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ३ : ४२ बजे