कांग्रेसको महाधिवेशन : सुदूरपश्चिमका नौ जिल्लाको सभापतीमा ४ दर्जन बढी नेता दौडमा



नेपाली कांग्रेसको तल्लो तहको यति बेला अधिवेशन भईरहेको छ । कोरोना महामारी र क्रीयाशिल सदस्यता विवादका कारण कारण पटपटक नेपाली कांग्रेसको मआधिवेशनको समय सर्दै आएको थियो । कोरोना महामारी पछिल्ला समयमा कम हुँदै गएको र नेपाली कांग्रेस वैधानीकता बचाउनुपर्ने अवस्थालाई मद्यनजरगर्दै सो पार्टीले अहिले वडा तहको अधिवेशन गरिरहेको छ ।सुदूरपश्चिमका डोटी, अछाम ,बझाङ र कञ्चनपुर जिल्लाका अधिकांश  वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेसले जनाएको छ ।

यसबाहेक प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र उनकी पत्निले चुनाव क्षेत्र समेत रहेको जिल्ला कैलाली र बाजुराको क्रियाशील सदस्यता नामावली प्रकाशित नभएका कारण वडा अधिवेशन हुने मिति टुंगो छैन । यसैबिच प्रदेशका सवै जिल्लाको नेतृत्व गर्नका लागी सभापतिका आकांक्षीहरुले उमेदपारी घोषणा गर्न थालेका छन् । सकेसम्म आफु निर्वाचित हुने गरि प्रतिनिधि जिल्लामा पठाउन अग्रसर देखिएका छन् ।

१३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरु निर्वाचित भएका थिए । भने यसपटक पनी आफुनिकट नेताहरुलाई निर्वाचित गराउन देउवाले आफुनिकटका केन्द्रिय नेताहरुलाई जिल्ला जिल्ला सक्रियरुपमा लाग्न निर्देशन दिइसकेका छन् ।

प्रदेशको राजधानी समेत रहेको कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएको कांग्रेस स्रोतको भनाई छ । जिल्ला सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेकाले अब यहाँ नयाँ मान्छे सभापति आउने पक्का छ । त्यसका लागि उपसभापति प्रकाशबहादुर बम, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रणबहादुर रावल, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप ओड, क्षेत्रीय सभापति खेम चौधरी, महासमिति सदस्य भीम बडुवाल, महाधिवेशन प्रतिनिधि गणेश देउवा र नारायणदत्त भट्टको चर्चा नाम चर्चामा रहेको छ ।

कैलाली जिल्लाको सभापतिलाई अरु जिल्ला भन्दा निकै सक्तीशालीरुपमा हेरिने गरिन्छ । त्यसैले यहाँ नेतृत्वका लागी धेरै नेताहरु आकांक्षी देखिएका छन् । यसैगरि कञ्चनपुरमा पनि जिल्ला सभापतिको दौडमा धेरै नेता रहेको बुझिएको छ । जिल्लामा वर्तमान सभापति हरि बोहोरा, गत अधिवेशनमा बोहोरासँग पराजित पदम बोगटी, गोपाल गुरुङ, नेता बहादुरसिंह थापा लगायत आकांक्षी रहेका छन् । सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापतिको लागी दौड सुरु भएको छ । यहाँ यस पटक सभापतिका लागी निकै प्रतिस्पर्दा हुने देखिएको छ ।

केन्द्रिय सभापति देउवा र जिल्ला सभापति कर्ण मल्लको टिम बिच निकै प्रतिस्पर्दा हुने यहाँका कांग्रेस कार्यकर्ता बताउँछन् । देउवा क्याम्पमै रहेका मल्ल देउवा पत्ति आर्जु राणासंगको टकरावका कारण उनले देउवाको साथ छोडेको बेलाबेला चर्चा हुने गरेको छ । कांग्रेस नेता स्वर्गिय खुमबहादुर खड्का निकट रहेका मल्ल उनको निधन पछि पौडेल खेमामा गएको चर्चा चल्ने गरेको थियो । भने अहिले मल्ल केन्द्रिय सभापतिको उमेदवारी घोषणा गरिसकेका बिमेलेन्द्र निधिसंग निकट रहेको बताईएको छ । मल्ल निधिले केही दिन अघि खोलेको सम्पर्क कार्यालय उद्घाटनमा देखिएका थिए ।

डडेल्धुरा जिल्लाको सभापतीमा दुई कार्यकाल काम गरेका मल्ल कार्यकर्ता बिच निकै लोकप्रिय रहेको कांग्रेस नेताहरु बताउँने गर्दछन् । यहाँ अरु जिल्लाभन्दा अधिवेशन रोचक हुने देखिएको छ । शेरबहादुर देउवाले पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन् । यसबाहेक यहाँ सभापतीकालागी दौडधुपमा वर्तमान उपसभापति करुणाकर भट्ट, हरिप्रसाद भट्ट र गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्ल लगायत छन्

। यस्तै बाजुरामा मनबहादुर रावल, रामसिंह रावल, प्रेमबहादुर शाहील र वर्तमान सभापति कविराज पण्डित जिल्ला सभापतिमा भिड्ने तयारीमा रहेको बुझीएको छ । यस्तै बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने तयारीमा छन् भने पूर्वसभापति शिवराज भट्ट, उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापतिको दौडमा छन् ।

यस्तै अछाममा वर्तमान सभापति भरतकुमार स्वार, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह र मेघराज खड्का, नेता गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनाल सभापती जसरी पनि आफु हुनुपर्ने दाउँमा रहेको बुभिएको छ ।

यता डोटीमा जिल्ला सभापतिका लागि वर्तमान सभापति प्रदीप देउवा, शिखर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरु रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडू लगाएत नेताहरु दौडमा रहेको बुझीएको छ । यसैगरी बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा, नेता जगत जोशी, खडगबहादुर बोहोरा र रमेश भण्डारीको नाम चर्चामा रहेको पाईएको छ ।

यस्तै दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहोरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपभापति अमर धामी, सचिव हर्क बिष्टलगायतका नेताहरुको जिल्ला सभापति जसरी पनि आफु हुने दाउमा रहेको बुझिएको छ ।

प्रकाशित मिति : भाद्र २४, २०७८ बिहीबार  ५ : २८ बजे