नेपाली कांग्रेसको १४ औ महाधिवेशन पूर्वतयारी अन्र्तगत वडास्तरिय अधिवेशन भैरहदा ओखलढुंगाका प्राय सवै वडामा सर्वसहमत नेतृत्व चयन भएका छन् । माथिल्लो तहमा नेताहरु विच गुट देखिएपनि वडास्तरका कार्यकर्ता विच व्यापक छलफल गरेर सर्वसहमत नेतृत्व चयन प्रकृयालाई प्राथमिक्ता दिइएको हो ।
कांग्रेस केन्द्रीय समितिले असोज २२ गते भित्र वडा अधिवेशन सक्नेगरी निर्देशन दिएकोभएपनि ओखलढुगामा प्राय सबै वडाको अधिवेशन सम्पन्न भइसकेको स्थानीय वडा सभापतिहरुले बताएका छन् । ७५ वडा, आठ स्थानीय तह, २ प्रादेशिक निर्वाचन क्षेत्र र एउटा संघिय निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा हाल सम्म ७४ वडामा अधिवेशन भैसकेको छ । चम्पादेवी गाउपालिका वडा नम्बर १० रानीवनको अधिवेशन २२ गते गर्ने तयारी भएको वडा अध्यक्ष उज्जव बुढाथोकीले जानकारीदिनुभयो । हाल समम अधिवेशन सम्पनन गरेका ७४ मध्य ७२ वटा वडामा कार्यसमिति देखि क्षेत्रीय प्रतिनिधि समेत सर्वसहमत रुपमा चयन भएका छन् । बाँकी रहेको चम्पादेवी १० मा समेत सर्वसहमतिका आधारमा अधिवेशन सम्पनन गर्ने तयारी रहेको स्थानीय नेताहरुले बताएका छन् ।
चिशंखुगढी गाउपालिका वडा नम्बर ५ र सिद्धिचरण नगरपालिका वडा नम्बर १० मा नेतृत्वका लागि मतदान भएको थियो । वडा अधिवेशनको प्रतिवेदन धमाधम आइरहेको जिल्ला निर्वाचन अधिकृत कृतिनाथ शर्माले बताउनुभयो । प्राय सबै वडामा सर्वसहमतिवाट नेतृत्व छनोट भएको जानकारी आएको र आधिकारी प्रतिवेशन आउनेक्रम जारीरहेको शर्माको भनाइ छ । वडा अधिवेशनमा देखिएको सौहार्दता र सहमतिले नेपाली कांग्रेस भित्र एकताको सन्देश दिएको जिल्ला सभापति प्रदीप कुमार सुनुवारले बताउनुभयो । जिल्ला तहमा टिमको निकै घम्साघम्सी देखिएपनि वडातहमा सर्वसहमतिका आधारमा अधिवेशन सम्पन्न भएको हुँदा स्थानीय तहस्तरिय समितिमा समेत सर्वसहमत नेतृत्व चयनका लागि दवाव बढेको छ । ‘‘नेताहरुले गाउ नगरको अधिवेशनमा टिमको उमेद्वार देखाएका छन ।’ अधिबक्ता बोध नारायण कट्वालले भन्नुभयो, तर कार्यकर्तातहबाट स्थानीय, प्रादेशिक र जिल्ला नेतृत्व समेत सहमतिका आधारमै छनोट गर्नुपर्ने दवाव बढेको देखिन्छ ।’’
वडा अधिवेशन सुरुभएदेखि जिल्लातहमा नेता कार्यकर्ताहरुको भिड लागेको छ । गत संसदीय निर्वाचनमा जितेका सांसद र टिकट पाएका बाहेक सम्पूर्णले वडा अधिवेशन बाट प्रतिनिधि छनोट भई आउनु पर्ने कांग्रेसको बैधानीक व्यवस्था भएकाले पुराना नेताहरुसमेत वडाको अधिवेशन सर्वसहमत बनाएर प्रतिनिधि आउनका लागि कसरत गरेका थिए । भूगोलमा बसेर काम नगरेका केन्द्रीय स्तरका नेताहरुलाई कार्यकर्ताले वडाअधिवेशनमै हराउन सक्ने परिवेश र स्थानीय तहको निर्वाचन नजिकीदै गरेकाले सांगठनीक संरचना दर्वीलो बनाउनुपर्ने अवस्थालाई ख्याल गर्दै सबै वडामा सर्वसहमत नेतृत्व चयन गर्न सफल भएको नेताहरुले बताएका छन् ।नेपाली कांग्रेस ओखलढुंगामा भदौ २७ मा स्थानीय अधिवेशन, असोज ४ मा प्रादेशिक अधिवेशन र असोज ५–६ गते जिल्ला अधिवेशन गर्ने गरी तयारी गरिरहेको जिल्ला सभापति प्रदीप कुमार सुनुवारले जानकारी दिनुभयो ।