मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड भेट्न एमसीसी उपाध्यक्ष खुमलटारमा



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । शुक्रबार बिहान उनी प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन् ।

प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छिन् ।

हिजो नेपाल आएकी एमसीसी एमाले उपाध्यक्ष फातिमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैछिन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : ५३ बजे