अन्तिम समयमा आएर परिवर्तन भयो संसदको कार्यसूची



अन्तिम समयमा आएर प्रतिनिधि सभा नवौँ अधिवेशनको दोस्रो बैठकको कार्यसूची परिवर्तन भएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश प्रस्ताव पेश गर्ने लगायत २९ वटा कार्यसूची थियो । तर, अहिले ६ वटा मात्रै कार्यसूची राखिएको छ ।

आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद बैठक केहीबेरमा शुरू हुँदैछ ।

प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार  १ : १२ बजे