संसद बैठक शुरू भएसँगै एमाले सांसदले गरे नाराबाजी



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार बसेको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।

सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसद दौडेर वेलमा गएर नाराबाजी शुरू गरेका हुन् ।

एमाले सांसदले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले एमालेले उठाएको प्रश्नको जवाफ दिइसकेकोले बैठक सुचारु गर्न आग्रह गरे ।

एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बुधवार पनि एमालेले लगातार तीनवटा बैठक अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार  १ : २७ बजे