मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी विधेयक टेबुल, अर्को बैठक सोमबार



राष्ट्रियसभाको आजको बैठकमा नेकपा(एमाले)का सांसदको बिरोधकाबीच राजनीतिकदलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ ।

विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई समय दिनुभएको थियो ।

सभामुख र निर्वाचनआयोगसँगमिलेर नेकपा एमालेलाई कमजोर बनाउने, टुक्र्याउने षड्यन्त्रमा लागेको आरोप सांसद दाहालले लगाउनुभयो । पार्टीले कारवाही गरेका १४ जनालाई सांसदको मान्यता दिन नहुने पूर्व माग आज पनि बैठकमा एमाले सांसदले राखेका थिए ।

अध्यक्ष तिमल्सिनाले आफ्नो भनाइमार्फत् सदन र आम नेपालीको ध्यानाकर्षण गराउनुभएकाले बसेर सदनचलाउने वातावरण बनाइदिनुहुन आग्रह गर्नुभएको थियो । अध्यक्षको आग्रह सांसदले नमानेपछि विरोधकाबीच अध्यादेश पेश भएको हो ।

विरोधकाबीचबैठकले संविधानसभा सदस्यद्वय जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमाशोक प्रस्तावपारित गरेको थियो । सभाको अर्को बैठक भदौ २८ गते सोमबार १ बजे बस्ने भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : १० बजे