मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि सभा बैठकमा देखिएको अर्थमन्त्रीको एउटा रोचक त्यो दृष्य



शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा एउटा रोचक दृष्य देखियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको समयमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गर्नु पर्ने थियो ।

संसदको बैठकमा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए । अर्थमन्त्री शर्मालाई रोस्ट्रममा पुगेर अध्यादेश पेश गर्नुपर्ने बाध्यता थियो ।

सभामुखले अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई अध्यादेश पेश गर्न समय दिँदा अर्थमन्त्रीलाई निकै सकस पर्यो । अनि अर्थमन्त्रीले निकाल्दै गर्दा मर्यादापालकहरुले बिपक्षी सांसदहरुलाई सुरक्षा घेरा भित्र राखे र रोष्टम सम्म पुग्ने बाटो निकालिदिए ।

माओबादकिा पूर्व सन्य कमाण्डर समेत रहनु भएका शर्मा तिब्र गतिमा दौडने धाबक जस्तै गरेर रोष्टममा पुगे र प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ४९ बजे