मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अर्थमन्त्रीले कसको स्वार्थमा सेयर बजार बढाउन गभर्नरलाई फोन गरे ?’



नोपल मजदुर किशान पार्टीका सांसद प्रेम सुवालले सेयर बजामा अर्थमन्त्री जनार्दन शमाएको केहि स्वार्थ रहेको आरोप लगाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेको विषय संसदमा उठाएका हुन्

उनले सेयर बजारमा लाखौंको संख्यामा लगानीकर्ता रहेको भन्ने अर्थमन्त्रीले नै १०० जनाले मात्रै फाइदा लिएको बताएको तर केही दिनमा नै सेयर बजार घटेको भन्दै गभर्नरलाई फोन गरेर सेयर बजार बढाउने खालको निर्देशन दिएको भन्दै आर्थिक घोटाला भएको बताए ।

“अर्थमन्त्रीको फोनले सेयरको मूल्य बढ्छ, कसको स्वार्थका लागि अर्थमन्त्रीले गभर्नरलाई फोन गर्नुभयो ?,” उनले भने, “दैनिक सिटामोल खान नपाएका नागरिकले किनेको सेयरको मूल्य बढाएको हो, यो आर्थिक घोटाला भएको विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ,” सांसद सुवालले भने ।

सांसद सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शमाले सेयर बजार घटाउने र बढाउने विषयमा गभर्नरसँग कुनै कुरा नभएको बताए । उनले धितोपत्र बोर्डको अध्यक्षमाथि छानविन गर्न विशेष अदालतका पूर्वन्यायाधीशको नेतृत्त्वमा जाँचबुझ समिति गठन गरेको बताए ।

 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ३ : ०० बजे