एमालेका दुई सांसदको रिट हेर्न नमिल्नेमा



नेकपा (एमाले)का दुई सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको रिट हेर्न नमिल्नेमा राखेको छ।

२३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ तोकिएको थियो।

रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ।

प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार  ३ : १९ बजे