मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमै सभामुख सापकोटाको टाउको फुटाउन खोजेपछि…



शुक्रबार बसेको प्रतिनीधि सभाको बैठकमा एमाले सांसद रेखा झाले संसदमा माइकले हानेर सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको बताएकी छन् ।

उनका अनुसार उनले माइक समातेर सभामुखको टाउकोमा हान्न खोज्दा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रोकेका थिए। ओलीले ‘नगर्नू’ भनेर रोकेपछि आफू रोकिएको झाले बताइन्।

‘मैले त माइकले हानेर सभामुखको टाउको फुटाउन खोजेको थिएँ, तर मलाई अध्यक्षज्यूले रोक्नुभयो,’ झाले संसद सकिएपछि संवाददाताहरुसँग भनिन्।

विपक्षीको विरोधका बाबजुद अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेका छन्।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : ४६ बजे