कांग्रेसका पुर्व संसद राणाको निधनप्रती महामन्त्री कोइरालाद्वारा दुख ब्यक्त



नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टिका पुर्व संसद रुक्म शमशेर राणाको निधनप्रती दुख ब्यक्त गरेका छन ।नेपाली कांग्रेसका संस्थापक नेता श्री सुवर्ण शमशेरका सुपुत्र समेत रहेका राणाको निधनको खबरले मर्माहत बनाएको डा कोइरालाद्वारा जारी शोक सन्देशमा उल्लेख गरिएको छ ।

शोक सन्देशमा  कोइरालाले दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजन प्रति समबेदना ब्यक्त गरेका छन ।पुर्व संसद राणा राजदुत तथा खेलकुद परिषदका सदस्य सचिव समेत भएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १ : ११ बजे