महाधिबेशनको सुनिष्चितताका लागी युवा नेताहरुले शभापती देबाउको गराए ध्यानाकर्षण (पुर्णपाठसहित)



नेपाली काँग्रेसका युवा नेताहरुले काँग्रेस सवै नेपालीको साझा फुलवारी भएकाले समानुपातिक प्रतिनिधित्व बढाउन माग गरेका छन् ।समानुपातिक प्रतिनिधित्व बढाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा भइरहेको धर्ना तथा आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै युवा नेताहरुले उनीहरुको माग अबिलम्ब सम्बोधन गर्न आग्रह गरेका छन् ।

डा .चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताकालागि पाँच बुँदे ध्यानाकर्षण गराएका छना ।

देशभरका ५८ जिल्लामा अधिवेशनका प्रक्रियाहरु जारी रहेपनि काठमाण्डौ, मोरङ लगायतका १९ जिल्लाको कृयाशिल सदस्यको सुची अहिलेसम्म सार्वजनिक नभएकाले अधिवेशन सुरु हुन नसक्दा देशभर एकैपटक अधिवेशन शुरुहुने परम्परालाई खण्डित तुल्याएको उनिहरुको भनाई छ ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ

यतिबेला नेपाली कांग्रेस आफ्नो चोधौं महाधिवेशनको प्रक्रियामा सामेल छ । देशभरका ५८ जिल्लामा अधिवेशनका प्रक्रियाहरु जारी छन् तथापि काठमाडौं, मोरङलगायत १९ जिल्लाको आजसम्म पनि कृयाशील सदस्यको सूची सार्वजनिक गरिएको छैन र अधिवेशनको प्रक्रिया प्रारम्भ हुन सकेको छैन । यसले देशभर एकैपटक शुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको छ र अधिवेशनको आयोजनामा समेत बिभेद भएको छ । पार्टी बिधान र देशको संविधानमा उपलब्ध समयसीमा नाघ्दासमेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साच्चै दुखद पक्ष हो । यस्तै अधिवेशनका क्रममा अरु पनि घटनाक्रमहरु विकसित हुन थालेका छन् । आज मात्रै अधिवेशन तालिका संशोधन गरी स्थानीय तहका अधिवेशनहरु पर सारिएको छ । यी सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ । यसै सन्दर्भमा निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताका लागि तपसिलका विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन चाहान्छौं ।

१-पार्टीको केन्द्रीय कार्यालय सानेपामा अधिवेशनको प्रकृया शुरु भैसक्दा पनि धर्ना, अनसन चलिरहने अवस्थालाई सुखद घटनाको रुपमा लिन सकिदैन । नेपाली कांग्रेस सबै नेपालीको साझा फूलबारी भएकाले समानुपातिक प्रतिनिधित्वको माग गरिरहनु भएका साथीहरूको मागप्रति हाम्रो ऐक्यबद्धता छ । यसको अबिलम्ब सम्बोधन होस् ।

२-डडेल्धुरा जिल्लामा विधि र प्रक्रिया बिपरित केन्द्रबाट थोपरिएका कृयाशिल सदस्यहरु खारेज गरि बिधिसम्मत रुपमा जिल्लाबाट पठाईएका कृयाशिल सदस्यहरुको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सुचारु गरियोस् भन्ने माग गरिरहेको जिल्ला कार्यसमितिको आग्रह बमोजिम कार्यसमितिको सम्मतिमा बिधिसम्मतजिल्ला अधिवेशन गराईनुपर्छ भन्ने हाम्रो आग्रह छ ।

३-देशभर अधिवेशनको प्रकृया शुरु भईसक्दा पनि केही जिल्लाको कृयाशील सदस्यको सूची प्रकाशित नभई वडा अधिवेशनको कार्यतालिका नैं प्रभावित हुन पुग्दा सम्बन्धित जिल्लाका साथीहरूले गम्भीर मानसिक तनाव र पीडा झेल्नुपरिरहेको परिस्थितिलाई तुरुन्तै अन्त्य गरी अधिवेशनको प्रक्रिया सुचारु गर्न बाँकी रहेका जिल्लाको कृयाशील सदस्यहरुको नामावली अबिलम्व प्रकाशित गरि वडा अधिवेशन सम्पन्न गरियोस् ।

४-यसैबीच पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिनु भएको राजीनामाले महाधिवेशनको जारी सम्पूर्ण प्रकृया नै अबरुद्द हुने त होइन रु भन्ने संशय बढाएको छ । साथै उहाँले विभिन्न संचार माध्यममा दिनुभएको अभिव्यक्तिले व्यक्तिको स्वतन्त्रता र मानव अधिकार माथि किन प्रहार हुँदैछ भन्ने गम्भिर प्रश्न उठाएको छ । यसको तुरुन्त अन्त्य गरी महाधिवेशनको सुनिश्चितताको बिश्वसनियता कायम गरियोस् ।

५-उपरोक्त सबै घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामला होइनन्, नेपाली कांग्रेसका झण्डै नौलाख सदस्यहरुका साझा मामला, चिन्ता र सरोकार हुन् । यी सबै विषयहरु निरुपण गरि महाधिवेशन तर्फ अग्रसर हुन ठोस छलफलको आवश्यकता भएकाले केन्द्रीय समितिको बैठक अबिलम्ब राखियोस् ।

जय नेपाल १

ड.।चन्द्र भण्डारी, धनराज गुरुङ कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, किरण यादव ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ४ : २९ बजे