एमाले संसदीय दलको बैठक बस्दै



प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक मध्यान्ह १२ बजे बस्दै छ । आफ्नो आगामी भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेमाथि सरकारलाई बलमिच्याइँ गरेकोले संसदीय दलको बैठकबाट आगामी रणनीति बनाउन लागिएको उनको भनाइ छ ।

भट्टराईका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिका र संसदमा देखाएको व्यवहारको पनि बैठकमा गम्भीर समीक्षा हुने छ ।

यद्यपि शुक्रबार केही सांसदले सभामुख र अर्थमन्त्रीमाथि आक्रमण प्रयास गर्ने सांसदलाई सचेत गराउने भट्टराईले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : १५ बजे