काठमाडौं । आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न अध्यादेशहरू संसदमा पेश हुने सम्भावित कार्यसूची रहेका छन् ।
शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेश गरेपछि बैठक स्थगित गरिएको थियो ।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा नै बैठक अवरूद्ध पार्दै आएको सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि बैठक अवरोध गर्ने जनाएको छ ।