मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन् कांग्रेस नेता महतो



नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

रक्तचापका कारण अचानक छाती दुखेपछि उहाँलाई उपचारका लागि सो मेडिकल कलेज पुर्याइएको थियो । पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लाग्नुभएका उहाँ कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता हुनुहुन्थ्यो ।

कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उहाँको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताउनुभयो ।उहाँका श्रीमती तीन छोरा र तीन छोरी हुनुहुन्छ । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारीदिनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १० : ०८ बजे