मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परराष्ट्र मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की !



प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन मन्त्रालयको जिम्मेवारी समालेका ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालय लैजाने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवाले यसअघि कांग्रेसकै सुजाता कोइराला र नारायण खड्काको दाबी गर्दै आएपनि अहिले देउवाले कोइरालालाई उक्त मन्त्रालय दिन नसकिने र खड्कालाई पनि रोक्न चाहेको देउवा निकट स्रोतले जानकारी दियो ।

“ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयमा लैजाने योजना प्रधानमन्त्रीको देखिएको छ,” स्रोतले भन्यो, “सभापतिले महाधिवेशनलाई पनि केन्द्रमा राखेर यो चाहना राख्नुभएको हुन सक्छ ।”

देउवाले कांग्रेसको महाधिवेशनलाई केन्द्रमा राखेर सरकारमा व्यवस्थापन गर्ने भन्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पनि जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका छन् । उनलाई पनि अर्को मन्त्रालयको पूरा जिम्मेवारी दिने तयारीमा देउवा रहेको स्रोत बताउँछ ।

“डा. गोविन्द केसीले यसअघि नै मन्त्री श्रेष्ठको बर्खास्तगीको माग गर्दै अनशनको घोषणा गरेका थिए, प्रधानमन्त्रीसँगको भेटमा पनि पनि उनले यही अडान राखेका थिए, त्यसबेला प्रधानमन्त्रीले श्रेष्ठलाई अर्को मन्त्रालयमा लगेर भए पनि डा. केसीको माग सम्बोधन गर्ने आश्वासन दिनुभएको थियो,” स्रोत बताउँछ ।

मन्त्री श्रेष्ठको नियुक्तिलाई लिएर पार्टीकै महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले समेत सार्वजनिकरुपमा असन्तुष्टि जनाएपछि देउवालाई अप्ठेरो परेको थियो ।

दुवै नेता देउवा निकट मानिन्छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ०८ बजे