प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अवरुद्ध जारी रहने बताएका छन् ।
आइतबार संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दैओलीले संघीय संसदका सभामुख अग्नी सापकोटाले नेकपा एमाले विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध जारी रहने बताएका हुन् ।
‘सत्ता गठबन्धन गलत बाटोमा हिँडेको छ । नेकपा एमाले विभाजन गराउन सभामुखको गैरकानुनी संलग्नता देखियो । त्यसैले संसद अवरोध गर्न हुन्छ । अवरोध गर्न पर्छ । सभामुखले गैर कानुनी काम गरेपछि हामीले विरोध जनाएका हौं,’ उनले भने ।
उनले सभामुखको व्यवहारकै कारणले बजेट पास गर्न दिनपर्ने भएपनि दिने अवस्था नभएको उनले बताए । यस्तै उनले आफ्ना सांसदलाई संसद भित्र विरोध जनाउँदा मर्यादित हुन पनि निर्देशन दिए ।