संसद बैठक सुरु नहुँदै एमालेको नाराबाजी



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले आज पनि संसद्मा अवरोध गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘संसद्को कारबाही प्रारम्भ हुन्छ’ नभन्दै उनीहरू संसद्को बेलमा पुगेका थिए । उनीहरूले सभामुखले ‘प्रतिनिधिसभाको आजको कारबाही सुरु हुन्छ’ भन्नासाथ बेलबाट नाराबाजी सुरु गरेका हुन् ।

यता आजै बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गरे । बैठकमा सभामुख, मन्त्रीको व्यवहारबारे खरो आलोचना गरे ।

शुक्रबार बसेको संसद बैठकमा एमाले सांसदहरुले सभामुखलाई माइकले हान्न खोजेको पनि झूठो भएको उनको भनाई थियो । उनका अनुसार भित्रए भएको एउटा तर, मिडियामा अर्कै आएको हो ।

एमाले विभाजन गर्दा सभामुखको षड्यन्त्रपूर्वक संलग्नता देखिएको भन्दै उनले सभामुख अग्नि सापकोटाको आलोचना गरे । भने, ‘हामीलाई सबैलाई थाहै छ । यस्तो सभामुख जस्ले प्रमुख प्रतिपक्ष पार्टी फुटाउनै लागे । त्यसमा गम्भीर प्रश्न हो । यसकारण हामीले सभामुखको कुर्सीमा बस्न लायक हुनुपर्यो । उहाँले जुन किसिमको क्रियाकिलाप देखाउनुभएको छ, मन्त्री कुँदेर जाने । मर्यादित व्यवहार देखाउनुपर्यो ।’

अध्यक्ष ओली तोकिएको सीमाभन्दा पर रहेर विरोध नगर्न पनि आफ्ना सांसदहरुलाई निर्देशन दिए । उनले भने, ‘तोकिएको नारा लगाउनुपर्छ । नारा लगाउने तरिका हुन्छ । सभामुखलाई माइकले हान्ने खालको योजना थिएन,नभएको कुरा बोल्नु हुँदैन । के हामीले मर्यादाको घेर तोड्नै खोजेको हो रु हामी आफ्नो ठाउँमा उभिने, लमिटेशनभन्दा जाने कुरा हुँदैन ।’

आज ९आइतबार० बस्न लागेका संसद अवरोध गर्न पनि सांसदलाई निर्देशन दिए । उनले भने, ‘संसद अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ४० बजे