एमाले सांसदलाई सभुमखले अधिकारको कुरा सम्झाएपछि…



सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदलाई संसदभित्र आफ्नो अधिकारको कुरा गर्दा अरु सांसदहरूको अधिकार पनि ख्याल गर्न ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभामा अवरोध गरिरहेका एमाले सांसदहरूलाई सभामुख सापकोटाले अधिकारको कुरा सम्झाएका हुन् ।

‘विश्वव्यापी मान्यता छ, आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ अरु सांसदहरूले पनि बोल्ने अधिकारका लागि वातावरण बनाइदिनुहोस्,’ सभामुख सापकोटाले भने, ‘आफने अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुहोस् ।’ उनले बैठक सञ्चालन गर्नका लागि सबै दलका नेता र सांसदहरूलाई वातावरण बनाउन आग्रह गरे ।

उनले नेपालको संविधान ऐन, कानुन, नियम अनुसार बैठक सञ्चालन गर्दै आएको र अब पनि त्यसका लागि आफूले पहलकदमी लिने उल्लेख गरे । ‘संसदीय मर्यादाका लागि मैले पटक पटक अनुरोध गरेको छु,’ उनले भने ।

प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार  २ : ०३ बजे