नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले घण्टाघर भत्काउन लागेको आरोप लगाएका छन् । आइतबार एमाले संसदीय दलको बैठकमा ओलीले यो सरकारले घण्टाघर बनाउन नसक्ने समते टिप्पणी गरेका छन् ।
‘बनाउन चाहिँ के गर्छ कुन्नी, घण्टाघर भत्काउने कुरा चाहिँ लगभग लगभग घोषणा भएको देखिन्छ,’ ओलीले बैठकमा भने, ‘यस सरकारले घण्टाघर बनाउँदैन तपाईंहरुले नोट गरिराख्नुहोला । भत्काउन चाहिँ यसले सक्छ ।’
‘भत्काउने बेलामा अर्को बनाउने भनेर भत्काउलान् । बनाउन चाहिँ यसको बुताको कुरा होइन, अब घण्टाघर पनि देख्न नसक्ने भयो, त्यो पनि भत्काउने भयो,’ ओलीले थपे।
सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत ओली सरकारको बजेटमा गरेको संशोधनमा घण्टाघर र त्रिचन्द कलेजलाई पुरानै स्वरूपमा पुर्ननिर्माण गर्ने उल्लेख गरिएको छ ।