विपक्षी दलसँग परामर्श गर्दै सभामुख



सभामुख अग्नि प्रसाद सापकोटा र विपक्षी दल नेकपा एमालेका नेताहरुबीच छलफल सुरु भएको छ । आइतबार संसद बैठक स्थगित भएपछि सभामुखले विपक्षी दलका नेताहरुसंग छलफल गर्न लागेका हुन् ।

संसदमा अवरोध नगर्नेबारे सभामुखले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग सभामुख सापकोटाले बैठक सुचारु गर्नेबारे परामर्श गरेका हुन् ।

यस्तै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि छलफलमा सहभागी छन् । संसद बैठकमा महत्वपूर्ण विधेयकहरु पेस गर्ने तयारी भइरहँदा एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुखले परामर्श गरेका हुन् । एमाले सांसदहरुले सभामुख सापकोटाविरुद्ध निरन्तर नाराबाजी गर्दैआएका छन् । सभामुखले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमाले सांसदहरुले निरन्तर रुपमा संसद अवरोध गर्दैआएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : ४७ बजे