‘प्रधानमन्त्रीज्यू, संसद् कहिलेसम्म चल्छ ?’, प्रधानमन्त्री देउवा : ओलीजीलाई सोध्नुहोला



प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठक चल्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्न सुझाएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले– ‘प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधामन्त्री शेरबहादुर देउवाले – ‘ओलीजीलाई सोध्नुहोला’ भनेर संक्षिप्त प्रतिक्रिया दिए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेका थिए ।

प्रतिनिधिसभाको आगामी बैठक भदौ २९ गते मंगलबार एक बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : २४ बजे