सभामुखले सूचना टाँस गरे संसदमा नाराबाजी बन्द हुन्छ : नेम्वाङ



एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुखले कारवाही गरेको सूचना टाँस गरे संसदमा नाराबाजीसहित विरोध नगर्ने बताएका छन् ।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई सभामुख अग्नि सापकोटाले कारवाही गरेको सूचना टाँस गरेर निकाले प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जारी अवरोध हटाउने बताएक हुन् ।

आइतबार अवरुद्ध भएर सकिएको संसद बैठक हलबाट निस्किएका उनले भने, ‘उहाँले गरेको कारबाहीको सूचना टाँस भयो हाम्रो किन भएन ? हाम्रो प्रश्न त यो हो । जिज्ञासा हो । हामीलाई शान्त बनाउनुस् । सबै ठीक हुन्छ । त्यसैले सूचना टाँस गरेपछि एउटा आधार बन्छ ।’

सभामुखले कारवाहीको सूचना टाँस नगरे विरोध जारी रहने उनले दोहोर्याए । ‘सूचना टाँस गरेपछि उहाँ अलिकति ठीक ठाउँमा आएको महसुश हुन्छ नत्र त भेदभाव भएको हुन्छ,’ उनले भने ।

त्यसो भए संसद अनिश्चित रुपमा अघि बढ्छ रु भन्ने पत्रकारको प्रश्नमा उनले अनिश्चित बनाउने काम भएको र त्यो जारी रहने जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २७, २०७८ आईतबार  ३ : ५७ बजे