मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेञ्चुरी बैंकले शुरु गर्‍यो नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’



सेञ्चुरी कमर्सियल बैंकले मात्र १ हजार न्यूनतम मौज्दातमा खोल्न सकिने नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ संचालन मा ल्याएको छ । उक्त खातामा वार्षिक ५.५०५ को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’ खोल्न सक्ने बैंकले जनाएको छ ।

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निःशुल्क उपलब्ध गरिएको बैंकले जनाएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ०२ बजे