मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा पत्नि राणा क्षेत्रीय प्रतिनिधि



नेपाली कांग्रेसले डडेल्धुरामा विवादबीच वडा अधिवेशन भएको छ। पार्टीका केन्द्रिय सभापति शेर बहादुर देउवा पत्नि आरजु राणा देउवा वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेकी छन्।

राणा गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन् । यो वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहको पनि नाम छ।

तर जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने भएका छन्। जयवीरसिंहले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारीमा आकांक्षा पनि राखेका थिएनन्।

वडा सभापतिमा भने ज्ञानुकुमारी सेठ्ठी भएकी छन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको भट्टले जानकारी दिए।

सभापति देउवाको क्रियाशील सदस्यता भने केन्द्रबाटै रहेको उनले बताए। डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएका विवादबीच वडा अधिवेशन भएका थिए।

यहाँ जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशनमा भाग लिएका थिएनन्। जिल्लाबाट पठाएको क्रियाशीलको नाम हटाएर केन्द्रबाट नाम थप गरेको मल्ललगायत उनी पक्षले बताइरहेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : ४० बजे