एमाले अध्यक्षको रिट निवेदनमा आज सुनुवाइ हुँदै



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथी सुनुवाइ हुने भएको छ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको सयुक्त संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

ओलीले एमालेबाट कारवाही गरिएका माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही गरी संसद सचिवालयलाई जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको जिकिर रिट निवेदनमा गरेका छन् । उनीहरुलाई पदमुक्त गर्न र उनीहरुको हस्ताक्षरसहित नयाँ दल दर्ता गराउने निर्वाचन आयोगको निर्णय बदर गराउन माग गरिएको छ ।

आजको सुनुवाई पछि रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सुनुवाइ हुने छ ।

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटा र कर्णाली प्रदेसमा सभामुख विरूद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गर्नुभएको छ । १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सभामुखले सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै रिट दायर गर्नुभएको थियो ।्

प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार  ११ : १५ बजे