मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसीसीबारे बास्कोटाको खुलासा, यी नेताले हस्ताक्षर गरेको दावी



नेकपा एमालेका नेता गोकुल बास्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा सत्तारुढ दलका नेताहरुले नै हस्ताक्षर गरेको खुलासा गरेका छन् ।

नेकपा एमाले काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै बास्कोटाले आफैले हस्ताक्षर गरेको के–के छ भनेर सोध्नु हास्यास्पद भएको टिप्पणी गर्दै वुझ्दै नवुझि भाङ÷धतुरो खाएर हस्ताक्षर गरेको हो रु भन्दै प्रश्न गरेका हुन् ।

सरकारले केहिदिन अघि मात्रै विवादित विषय बारे स्पष्ट पार्न अमेरीकी सरकारलाई प्रश्न सोधेको थियो । उहाँले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा एमसीसीमा हस्ताक्षर भएको दाबी पनि गर्नुभयो ।

यसैबिच सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद ओझेलमा पार्न चीनसँग टुंगिसकेको सीमा विवाद निकालेको बास्कोटाको आरोप छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पक्षपातपुर्ण व्यवहार गरेकाले उहाँलाई मान्न नसकिने समेत उहाँको भनाई छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ४४ बजे