प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आज बस्ने बैठक नियमित भएको जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ । सरकार गठन भएको दुई महिना पुग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् ।

लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ । सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारबारे छलफल भइरहेको छ । तर नेताहरुबीच मन्त्रालय मन्त्रालय भागबण्डाकै बिषयमा सहमति जुट्न सकिरहेको छैन ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : ०८ बजे