मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुर्सीको महत्व नबुझ्ने अग्नी सापकोटालाई कुर्सीमा बस्ने अधिकार छैन : कोमल वली



नेकपा एमालेकी नेतृ एमव राष्ट्रियसभा सदस्य कोमल वलीले सभामुख अग्नि सापकोटालाई पदमा बस्ने कुनै अधिकार नभएको बताएकी छन्।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै वलीले अरुको स्वार्थका लागि आफ्नै कुर्सीको अपमान गर्ने व्यक्ति पदमा बस्न लायक नभएकोबताएकी हुन् ।

‘संवैधानिक प्रक्रियाअनुसार विधि प्रक्रिया बाहिर जानेलाई पार्टीबाट निकाल्ने प्रावधान हुँदाहुँदै सभामुखबाट कसैको स्वार्थका लागि, कसैको विनाशका निम्ति सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सीलाई अपमान गर्न मिल्छ ?’ उनले प्रश्न गरिन, ‘जसले कुर्सीको महत्व बुझ्दैन त्यसलाई कुर्सीमा बस्ने अधिकार हुँदैन।’

सांसद वलीले सभामुख सापकोटालाई दुईजिब्रेको संज्ञा दिइन्।

‘हिजो रामबहादुर बादल लेखराज भट्ट टोपबहादुर रायमाझी प्रभु साहको एमालेमा आउँदा पद जाने, माधव नेपालजीहरू जसले पार्टीको ह्विप मानेन, उहाँहरुले पार्टीलाई विखण्ड गर्दा उहाँहरुको पद रहिरहन मिल्छ ?’ उनले प्रश्न गरिन्, ‘एउटै दिमागभित्र दुइवटा चिन्तन ? एउटै जिब्रोभित्र दुइटा बोली ? यो प्रवृत्तिले स्थायित्व प्राप्त गर्न सक्छ ? यस्ता व्यक्तिलाई संसदीय व्यवस्थामा कुनै जिम्मेवारी दिनुहुँदैन।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  २ : ५१ बजे