मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वदलीय बैठक ल्होत्से हलमा सुरु, को को भए सहभागी



सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उपस्थित भएकी छन् ।

यस्तै बैठकमा नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी रहेपनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रतिनिधि भने बैठकमा सहभागी छैनन् ।

एमालेका सचेतक विशाल भट्टराईले आफू र सभामुखबीचको समस्यामा सर्वदलीय बैठक बोलाएको भन्दै उक्त बैठकमा सहभागी नहुने बताएका थिए ।

एमालेले लगातार संसद चल्न नदिएपछि सभामुखले परामर्शका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : २६ बजे