नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले डडेलधुरामा भएको वडा अधिवेशनलाई मान्यता नदिने बताएके छ । सोमबार पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेल सभापति शेरबहादुर देउवाको जिल्ला भएको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिसमक्ष माग गगरेका हुन् ।
“डडेलधुरामा जसरी अधिवेशन गरियो, हामीले भेटेर भन्दा पनि नमानेर, राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरियो । त्यो अधिवेशनको सुरुवातमा देखिएको कुलक्षण हो । यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा आशंका छ । फेरि चुनाव गराउनुपर्छ । हामीलाई फेक चुनावको मान्य छैन । निर्वाचन समितिले मान्यता दिनुहुँदैन, पत्रकार सम्मेलनमा पौडेलले भने, ।”








