मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेसँग छलफल गरेर पुन: बैठक राख्न सभामुखलाई दलहरूको सुझाव



प्रतिनिधि सभाको अवरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग वार्ता र संवाद गर्न राजनीतिक दलहरूले सभामुखलाई सुझाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसद् भवनको ल्होत्से हलमा संसद् सञ्चालनका लागि राजनीतिक दलहरूसँग सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षसहित सो दलका कुनै पनि नेताहरू सहभागी नभएका हुन् । बैठकमा सहभागी नेताहरुले भने सभामुख सापकोटालाई एमालेसँगको छुट्टै बैठक राखेर सहमती गरी संसद् सुचारु गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठकमा सहभागी शीर्ष नेताहरूले एमालेसँग बैठक गरी सहमतिको वातावरण बनाउन सभामुखलाई आग्रह गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : ३० बजे