प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अहिले केहिबेरमा सुरु हुने बालुवाटार स्रोत बतायो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।
देउवाले हिजो (सोमबार) दिउँसो ३ बजे पनि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सोमबारको बैठकलाई नियमित बैठक भएको जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो। सरकार गठन भएको दुई महिना पुग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् ।
लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ । सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारबारे छलफल भइरहेको छ । तर नेताहरुबीच मन्त्रालय मन्त्रालय भागबण्डाकै बिषयमा सहमति जुट्न सकिरहेको छैन ।