नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले वडा सदस्य पनि चुनाव जित्न नसक्ने बताएका छन् । मंगलबार गृह जिल्ला झापामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
उनले भने-प्रचण्डले हिजो ठीक कुरा गरेछन्, हामी त वडा अध्यक्ष पनि जित्न नसक्ने भयौं भनेर । माधव नेपालले त सदस्य पनि जित्न सक्दैनन् ।’ अर्को पार्टी चलाउनका लागि नभइ एमाले कमजोर पार्नमात्र पार्टी फुटाएको आरोप लगाएका छन् ।
१६ वर्षसम्म एमालेको नेतृत्व गरेर खानु खाएपछि पार्टीलाई रसातलमा पुर्याएर नेपाल आफैं राजीनामा गरेर हिँडेको ओलीले बताए ।
‘यो पार्टीको १६ वर्षसम्म महासचिव भए, विपक्षी दलको नेता भएर खाए, हामीले प्रधानमन्त्री बनाइदियौं । खानु खाएपछि २४० सिटमा जम्मा ३३ सिटमा झारेर मैले पार्टी चलाउन सकिन महासचिवबाट आफैं राजीनामा गरेर हिँडे । त्यसपछि त चुप लाग्नु पर्दैन ? फेरि दुःख दिन थाले अध्यक्ष चाहियो भनेर ।’
आफूले माधव नेपाललाई प्रधानमन्त्री बनाए पनि काँध थाप्दा थाप्दै कांग्रेसले समेत सहयोग गर्दा पनि राजीनामा दिएर भागेको आरोप लगाए । पार्टी र सरकार चलाउन नसकेर भाग्ने अनि फेरि त्यही पद चाहियो भनेर पार्टीमा रडाको मच्चाउने काम नेपालले गरेको ओलीको आरोप छ ।








