नेकपा (एकीकृत समाजवादी) मा जान चाहेका नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सुनुवाइ गर्दै मंगलबार सो हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै उनीहरू दुवै जनालाई नेकपा एसमा आबद्ध हुन बाटो खुलेको छ ।
उनीहरू दुवै जनाले माधव नेपाल नेतृत्वको नेकपा एसमा आबद्ध हुन माग गर्दै गत ८ भदौमा निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर आयोगले भने तोकिएको समय सकिएपछि निवेदन आएको भन्दै उनीहरूलाई सो दलमा आबद्ध हुनबाट रोकेको थियो ।त्यसपछि उनीहरू दुवै जना आयोग विरुद्ध सर्वोच्च गएका थिए । निर्वाचन आयोगलेको निर्णयले उनीहरूको दलीय आबद्धताको हैसियतमा असर परेको सर्वोच्चको ठहर छ ।








