नेपाली कांग्रेसले काठमाडौँ जिल्लाका वडाहरुमा असोज ५ गते अधिवेशन गर्ने भएको छ। क्रियाशील सदस्यता बुधबार सार्वजनिक भएपछि वडा तहको अधिवेशनको मिति तय भएको हो।
काठमाडौँ कांग्रेसका सभापति सबुज बानियाँका अनुसार असोज ५ गते काठमाडौँ महानगरपालिकासहित अरु १० वटा नगरपालिकाका १३८ वटा वडामा एकसाथ अधिवेशन हुनेछ। कांग्रेसले पछिल्लो अधिवेशन कार्यतालिकाअनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्न समय दिइएको छ।
काठमाडौं कांग्रेसले नयाँ र पुरानो गरी जिल्लाबाट ३० हजार जनाको नाम क्रियाशील सदस्यताका लागि सिफारिस भएको थियो।
त्यस्तै गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने नयाँ कार्यतालिका आएको छ।
त्यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ।
महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ।








