नेकपा एमालेका नेता योगेश भट्टराईले सुदूरपश्चिमको इन्चार्ज भीम रावल नै भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखराज भट्टलाई एमाले सुदूरपश्चिमको इन्चार्ज तोकेपछि विवाद र आलोचना चलिरहेको बेला नेता भट्टराईले यस्तो बताएका हुन् ।
नेता भट्टराईले एमाले सुदूरपश्चिमको इन्चार्ज भीम रावल नै भएको र पार्टीमा १० बुँदे सहमति कार्यान्वयन भैरहेको बताए । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा राजेन्द्र बानियाँसँग कुरा गर्दै भट्टराईले यस्तो बताए ।
एमालेमा त १० बुँदे सहमति पनि कार्यान्वयन गर्न नपर्ने, ओलीले जे भन्यो त्यहि निर्णय हुने नेताहरूका पुराना जिम्मेवारी पनि फिर्ता नहुने अचम्म छ नि ? भन्ने प्रश्नको जवाफमा नेता भट्टराईले १० बुँदे सहमति लागु भैरहेको र हुने क्रममा भएको बताएका थिए । उनले पार्टीमा अब कुनै पनि बिमति नभएको समेत बताएका थिए ।
तेसो भए सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो त ? भन्ने प्रश्नको उत्तरमा नेता भट्टराईले इन्चार्ज भीम रावल नै भएको बताए । ‘भीम रावल नै हो नि इन्चार्ज’ उनले भने ।
यता एमालेका अध्यक्ष केपि शर्मा ओली गत आईतबार आफ्नो निवास बाल्कोटमा सुदुर पश्चिमका नेताहरुलाई बोलाएर सुदूरपश्चिमको इन्चार्ज भट्टलाई दिएको जानकारी गराएका थि ए ।








