अब माओवादी केन्द्र रहेन, त्यो प्रचण्ड गुट हो : एमाले अध्यक्ष ओली



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमा आउन आवश्यक नभएको बताएका छन् । बिहीबार एमाले काठमार्डौँले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले अब माधव नेपाल एमालेमा आउन आवश्यक नभएको बताएका हुन् ।

ओलीले भने,‘केही साथीहरुले नेपाललाई आउनुहोस् यतै भनेको सुनेँ। तर किन आउने यहाँ माधव नेपाल एमालेमारु माधव नेपालमा फेरि एमालेलाई फुटाउन आउनेरु’

त्यसअघि भेलामा अष्टलक्ष्मी शाक्यले नेपालको आवश्यकता एमालेमा भएको बताएकी थिइन्। शाक्यले भनेकी थिइन्,‘आफूले त्याग, संर्घष र दुःख गरेको पार्टी एमालेमै फर्कनुहोस्, तपाईँ हाम्रो नेता हो। तपाईंको आवश्यकता एमालेमा छ।’

तर ओलीले त्यसको प्रतिपाद गरेका छन्। उनले भने,‘किन आउने माधव नेपाल एमालेमा ? उहाँ आउनु भयो भने फेरि पार्टी फुट्छ। यहाँ कसैसँग सवालजवाफ गर्न खोजेको होइन। मैले कसले के भन्यो सुनेको छैन। तर मैले साथीहरुले भन्ने गरेको सुनेको छु। त्यसैले बोलेको हुँ।’

ओलीले नेपालले आफ्नो पार्टी फुटाउन मात्रै नभई सरकारबाट आफूहरुलाई हटाउने काम पनि गरेको आरोप लगाए।

उनले भने,‘अब नेपाललाई म पार्टीमा फर्किनुहोस् भन्दिनँ। घरमा आगो लगाएर बसेकालाई म आउनुहोस् भन्दिनँ। बरु नेपालले झुक्काएर राखेका साथीहरु फर्किनुहोस्।’

यसका साथै उनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति पनि उनको कटाक्ष जारी छ। उनले भने,‘अब माओवादी केन्द्र रहेन। त्यो प्रचण्ड गुट हो। माओवादी त एकतामा आइसक्यो।’

प्रकाशित मिति : भदौ ३१, २०७८ बिहिबार  ३ : ५८ बजे