कार्यालय उद्घाटन गर्दै नेपालले भने ‘बाँकी सांगठनिक संरचना छिट्टै निर्माण गर्छौ’



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित मीनभवनमा उनको दलको नयाँ कार्यालयको उद्घाटन गरेका छन ।शुक्रबार बिहान नयाँ कार्यालयको उद्घाटन गर्दै अध्यक्षा नेपालले अन्य बाँकी सांगठनिक संरचना निर्माण छिट्टै गर्ने जानकारी दिए ।

नेपालले आगामी चुनावमा गठबन्धनसँग तालमेल गरेर शक्ति विस्तार गरिने बताए ।नेता नेपालले आफ्नो पार्टी बोलेर होईन गरेर देखाउने भएको दाबी गर्दे सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने बताए। उनले भने ‘ हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यवहारले पुष्टी गर्नेछौं । हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौं ।

प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार  १२ : २१ बजे