विरोधीको मुख थुन्न ह्वारह्वार पदक वितरण गरियो : अध्यक्ष ओलि



एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलवार मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताएका हुन्।

अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको टिप्पणी गरे । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिदैँ त्यतातर्फ नहेर्न अनुरोध समेत गरे । सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ ।

उनले भने – ‘जनतामा राजनीति प्रति निराशा, वैराग्य भाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । जानिजानिकन ताकी पत्रकारलाई पनि पदक, उसलाई पनि पदक, वकिललाई पनि पदक बोल्ने कोेही नराखेजस्तै । यहाँ सबलाई निराशा बनाइदिने, युवाहरुलाई निराशा बनाइदिने, केहीपनि हुँदैन भन्ने पारिदिने ।

७०, ७२ दिन किन पूर्णता पाउँदैन सरकारले रु कार्यकाल छ सबा बर्ष । सबा वर्षको २० प्रतिशत भाग गयो । खाली चिन्ता हो देशको बहुमुल्य समय बर्बाद भो । चिन्ता हो । दुरुपयोग भो चिन्ता हो । पदक मैले अस्तिको दिन बोल्दा भने पदक यदी बोल्न जान्दथ्यो भने त्यसका आँखा हुन्थे र आँशु हुन्थे भने बरबर रुन्थ्यो त्यो । धरधर रुन्थ्यो पदक । बोल्न जान्दथ्यो भने त्यसले नारा लगाउथ्यो उफ्रिएर । जान्ने हो भने मान्छेले होइन पदकले पनि बिद्रोह गथ्र्यो ।’

उनले न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए । आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरुले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दापनि विरोध नगरेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार  ६ : १४ बजे