नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक बस्ने भएको हो ।
बैठकमा विशेषगरी मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल हुने भएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो समूहले पाउने मन्त्रालयको संख्या माग गर्ने र भागबन्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको एक नेताले जानकारी दिए ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले बुधबार पनि छलफल गरेका थिए ।








