कांग्रेस सहमहामन्त्री महतले दिए पालिकास्तरीय अधिवेशनको शुभकामना



नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट सुरु हुने पालिकास्तरीय अधिवेशनको शुभकामना दिएका छन् ।

सहमहामन्त्री महतले वडा अधिवेशन सम्पन्न भएका ६४ वटा जिल्लाका गाउँ तथा नगरपालिका (महानगर र उपमहानगरसमेत) मा हुन गईरहेको अधिवेशनका अवसरमा म समस्त गाउँ तथा नगर प्रतिनिधि, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्रियाशील तथा साधारण सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य र नेपाली कांग्रेसका समर्थक एवम् शुभेच्छुकहरु सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

उनले क्रियाशील सदस्य, साधारण सदस्य, कार्यकर्ता र शुभेच्छुकहरुको व्यापक सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भएका वडा अधिवेशनले नेपाली कांग्रेसका सबै तहका नेता र कार्यकर्ताहरुमा अपूर्व उत्साह जगाएको छ । यसले नेपालमा प्रजातन्त्रको मियो र दियो नै नेपाली कांग्रेस भएको कुरा पुष्टि गरेको छ । २०७२ सालमा नयाँ संविधान जारी भएपछि दोस्रो पटक आयोजित महाधिवेशनका क्रममा तल्लो तहदेखि कार्यकर्ताहरुको व्यापक सहभागितामा अधिवेशन गरी लोकतान्त्रिक वातावरणमा स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने श्रेय पनि हामीलाई प्राप्त गरेको बताएका छन् ।

 

प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार  १२ : ०१ बजे