कांग्रेसको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे



नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आङदेम्बेले आदिवासी जनजातितर्फको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पाँचथरको नवमीडाँडा घर भएका नेता आङदेम्बे पार्टीको अनुशासन समिति संयोजकको भूमिकामा रहेका छन् । उनि कांग्रेसका प्रभावशाली नेतामध्येका एक हुन् ।

२०७० को भएको संविधानसभा निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नबर(२ बाट उनी निर्वाचित भएका थिए । त्यसपछि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति भए ।

प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार  १ : ४६ बजे