मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइएमई पेको दसैँ अफर : हवाई टिकट खरिदमा ५०% क्यासव्याक



आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े को दसैँको झट्का स्कीम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत तपाइँको आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ । क्यासव्याकको सीमा रु. २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई प’े को भुक्तानी सेवासंगै तीन दिनको लागि ५०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताउनु भयो ।

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैंै यो स्किममा पनि नियम र सर्तहरु लागु हुनेछन । सबै प्रयोगकर्ताहरु आइएमई पे को माध्यम बाट हवाई टिकट खरिद मा फ्लैश बिक्री क्यासब्याक को लागि योग्य छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नुहुनेछ । यो स्किममा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन्

के हो त ‘आइएमई पे’ ? :  ‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘ आइएमई पे ’ डाउनलोड गरि आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ०२ बजे